धुर्मुस-सुन्तलीको पुनःनिर्माण अभियानलाई बोष्टन तामाङबाट ६ लाख सहयोग
सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा रहेको गिरान्चौरमा चर्चित हाँस्य कलाकार धुर्मुस र सुन्तलीले निर्माण गर्न लागेको गाउँका लागि अमेरिकाको बोष्टनमा रहेको तामाङ समाजले ६ लाख रुपैयाँ सहयोग गरेको छ ।
गत बर्ष गएको बिनासकारी भूकम्पबाट पुरै क्षतिग्रस्त बनेको गाउँ पुनःनिर्माण गर्न सरकारले धुर्मुस-सुन्तली फाउण्डेसनलाई अनुमति दिएको छ ।
सोही भूकम्पका बेला बोष्टमा रहेका बिजय तामाङ र प्रेम तामाङ लगायतको अग्रसरतामा भूकम्पपीडितका लागि सहयोग रकम संकलन भएको थियो । तर, संकलित सहयोग रकम पिडीतकै हातमा पुग्ने विश्वास नभएपछि सो रकम नेपाल नपठाइ राखिएको थियो ।
‘धुर्मुस-सुन्तलीले आफै खटेर काम गरिरहेको देखेपछि उहाँको अभियानमा सहयोग गर्न यो रकम उहाँहरुलाई पठाइएको हो’ बिजय तामाङले अनलाइनखबरसँग भने ।
सो रकम शुक्रबार समरभिलस्थित प्रभु मनी ट्रान्सफरबाट धुर्मुस सुन्तली फाउण्डेनसका नाममा पठाइसकिएको र धुर्मुस अर्थात् सिताराम कट्टेललाई टेलिफोनमार्फत् त्यसबारे जानकारी गराइ सकिएको तामाङले जानकारी दिए ।
साथै उनीहरुले भूकम्प पिडीतका लागि भनेर उठाइएको यस्तो रकम धुुर्मुस सुन्तलीलाई पठाएर वास्तविक पिडीतसम्म रकम पुर्याउन प्रवासका अन्य संस्थाहरुलाई पनि आह्वान गरेका छन् ।
स्मार्टफोनलाई कसरी भाइरसमुक्त बनाउने ?
तपाइँको स्मार्टफोन हरेक समय इन्टरनेट सँग जोडिएको हुन्छ भने स्मार्टफोनमा भाइरस आक्रमणको खतरा पनि हरेक समय रहिरहेको हुन्छ । कहिलेकाहीँ ह्याकरहरुका कारण तपाइँको स्मार्टफोनमा भाइरस पुग्नसक्छ ।
अक्सर यो सल्लाह दिने गरिन्छ की यदि फोनमा भाइरस छिर्यो भने फोनलाई फ्याक्ट्री रिसेट गर्नुपर्छ ता की भाइरसलाई पूर्ण रुपमा दूर गर्न सकियोस् ।
तथापि फ्याक्ट्री रिसेट गर्नुमा यो समस्या रहन्छ की तपाइँको स्मार्टफोनमा भएका डाटा, गेम्स, फोटो, मेसेजन आदि सबै मेटिन्छन् ।
त्यसैले फोनलाई फ्याक्ट्री रिसेटको अवस्थासम्म पूराउनै नपर्ने गरी भाइरस मुक्त राख्ने केही उपाय छन् ।
पहिले यो थाहा पाउनुहोस् की के तपाइँको स्मार्टफोनमा कुनै एप चलाउँदा मात्र भाइरसको समस्या देखा पर्दछ ? के तपाइँले गुगल प्ले स्टोरका अलावा अन्य साइटहरुबाट समेत एप डाउनलोड गर्नुहुन्छ ? यदि त्यसो हो भने तपाइँले अब सुरक्षाका उपाय अपनाउनुपर्नेछ ।
सबैभन्दा पहिले स्मार्टफोनमा एन्टी भाइरस इन्स्टल गरी आफ्नो स्मार्टफोन स्क्यान गर्नुहोस् । स्मार्टफोनका लागि गुगल प्ले स्टोरमा विभिन्न थरी एन्टी भाइरस एप रहेका छन् । तपाइँले कुनै एक छान्न सक्नुहुन्छ ।
एन्ड्रोइड स्मार्टफोनलाई सेफ मोडमा पनि बूट गर्न सकिन्छ । त्यसपछि तपाइँले विस्तारै फाइल छान्दै डिलिट गर्दै गर्न सक्नुहुन्छ । जब स्मार्टफोन सेफ मोडमा चल्दछ तब सबै एपले काम गर्न बन्द गर्दछन् र डाटा कनेक्सन पनि बन्द हुन्छ ।
एन्ड्रोइड ४ वा त्यसपछिका अपरेटिंग सिस्टमवाला स्मार्टफोनमा सजिलै सँग सेफ मोडमा बूट गर्न सकिन्छ । तर पूराना डिभाइसमा पनि गर्न नसकिने चाहीँ होइन । पूराना डिभाइसमा गर्नको लागि सबैभन्दा पहिले स्मार्टफोनलाई अफ गर्नुहोस् र त्यसपछि अनअफ बटनलाई केही समयसम्म थिचिरहनुहोस् ।
जब तपाइँले स्त्रिmनमा स्मार्टफोनको लोगो देख्नुहुन्छ तब भोल्यूम बटनलाई दबाउनुहोस् जबसम्म डिभाइसको बूटिंग पूरा हुँदैन । त्यसपछि तपाइँको स्मार्टफोन सेफ मोडमा जान्छ ।
एन्ड्रोइड ४ पछिका स्मार्टफोनका ागि आफ्नो डिभाइसको अन अफ बटनलाई दबाइरहनुहोस् जबसम्म एक पपअप देखिँदैन । त्यसपछि ओके क्लिक गर्नुहोस् । यसो गरेसँगै स्मार्टफोन सेफ मोडमा बूट हुन्छ ।
त्यसपछि तपाइँले आफ्नो स्मार्टफोनबाट ती फाइलहरु डिलिट गर्न सक्नुहुनछ जुन आवश्यक पर्दैन । डाउनलोड गरेका अनावश्यक एपहरु पनि डिलिट गर्नुहोस् ।
स्मार्टफोनलाई यसरी बूट गरेसँगै स्मार्टफोनमा भाइरसको समस्या नियन्त्रणमा आउनेछ ।
फेसबुक कत्तिको चलाउनुहुन्छ ?

तर तपाइँ चाहीँ आफ्नो फेसबुकमा राखेको स्टाटस वा अपलोड गरेको फोटोमा यति लाइक तथा यति कमेन्ट आयो भन्दै मख्ख पर्नुहुन्छ ।
फेसबुकमा जतिधेरै लाइक र कमेन्ट आएपनि
त्यसले खान दिने होइन, के मतलब ? भन्ने मान्छेहरुको सामना पनि धेरैपटक
गर्नुपरेको छ होला । तर चिन्ता नलिनुस् अब छिटै तपाइँले फेसबुकबाट पैसा
कमाउन सक्नुहुनेछ ।
फेसबुकमा तपाइँले गरेको लोकपि्रय पोष्टले तपाइँलाई पैसा आर्जन गरिदिनेछ ।
हो, सुन्दैमा निकै उत्साहित हुने खालको समाचार छ यो । सोसल मिडिया साइट फेसबुकले एक नयाँ फिचर ल्याउने तयारी गरिरहेको छ ।
रिपोर्ट अनुसार फेसबुकको नयाँ फिचरको नाम
टिप जार हुनसक्छ । यो फिचरको सहायताले फेसबुक प्रयोगकर्ताले अहिले कसैको
मनपर्ने पोष्टमा लाइक ठोकेजस्तै क्लिक गरेकै भरमा पैसा दान अर्थात् क्यास
टिप दिन सक्नेछन् । अनि लाइक पाएजस्तै फेसबुक प्रयोगकर्ताले पैसा पाउनेछन् ।
टेक साइट दी भर्जले यस बारेमा सनसनीपूर्ण
खुलासा गरेको छ । उसले फेसबुकले गरेको एउटा सर्भेक्षण फेला पारेको छ जसमा
सोधिएको थियो की फेसबुकमा पैसा कमाउने सबैभन्दा राम्रो उपाय के हुनसक्छ ?
सर्भेक्षणका क्रममा दिइएका विकल्पहरुमध्ये एउटा टिप जार थियो ।
यो फिचर सम्भवतः लाइक बटन जस्तै हुनेछ ।
यो बटनमा क्लिक गरेर कुनैपनि प्रयोगकर्ताले आफुलाई मन पर्ने पोष्ट गर्ने
फेसबुके साथीलाई नगद टिप दिन सक्नेछन् ।
यस्तो प्रणालीलाई माइक्रो पेमेन्ट अर्थात
सुक्ष्म भुक्तानी पनि भनिन्छ । यो पूरानो प्रणाली हो र फ्लाटर जस्ता
कम्पनीहरुले प्रयोगकर्तालाई केही कोष जम्मा गर्ने अनुमति प्रदान गर्दछन्
जुन उनीहरुले आफ्नो मनपर्ने सामाग्रीमा खर्च गर्न सक्दछन् । ब्लेन्डल
लगायतका सर्भिसले पनि अनलाइन सामाग्रीहरुमा थोरै पैसा खर्चिने सुविधा
प्रदान गर्दछन् ।
तर विद्यमान यस्ता सुविधाहरुको
प्रयोगकर्ता खासै छैनन् । तर यदि फेसबुकमा यस्तो सुविधा सुरु भयो भने यो
सिस्टम निकै लोकपि्रय हुने अपेक्षा गरिएको छ ।
अहिलेसम्म फेसबुकका चर्चित पेजहरुमा
देखापर्ने विज्ञापनहरुबाट आर्जन हुने रकम समेत फेसबुकले सम्बन्धित पेजको
धनीलाई दिने गरेको छैन र यो विषयमा फेसबुकको खुबै आलोचना हुने गर्दछ ।
फेसबुकले निकट भविष्यमा ल्याउन थालेको
पोष्टबाट प्रयोगकर्ताले पैसा कमाउन सक्ने टिप जार फिचरले यी सबैखाले
गुनासाको समाधान गर्ने विश्वास गरिएको छ ।
दी भर्जका अनुसार फेसबुकले सर्भेक्षणका
क्रममा दिएका विभिन्न विकल्पहरुमा डोनेट बटन, एड रेभेन्यू शेयरिंग तथा
ब्राण्डेड कन्टेन्ट लगायतका रहेका थिए ।
स्मरण रहोस् यु ट्युबले भने प्रयोगकर्तालाई समेत कमाइको केही हिस्सा दिने यस्तो सिस्टम पहिले देखि नै प्रयोगमा ल्याइरहेको छ ।
यु ट्युबमा निकै चर्चित प्रयोगकर्ताहरुका
सामाग्रीमा विज्ञापनबापत प्राप्त आम्दानीको केही हिस्सा गुगलले सम्बन्धित
युट्युब प्रयोगकर्तालाई पनि छुट्टाउने गरेको छ । कतिपय यु ट्युब स्टारहरुले
यु ट्युबबाटै लाखौँ आम्दानी गर्ने गरेका छन् ।
फेसबुकले ल्याउन लागेको आम्दानी बाँड्ने यो योजना पनि निकै सफल तथा लोकपि्रय हुने विश्वास गरिएको छ ।
फेसबुकको नयाँ लाइभ भिडियो फिचर इन्टरनेट
प्रयोगकर्ताका लागि निकै उपयोगी भइरहेको अवस्थामा यदि आफ्ना फेसबुक पोष्टको
लोकपि्रयतासँगै पैसा समेत आर्जन हुन थालेमा फेसबुकको टिपजार फिचर अवश्य
पनि हिट हुनेछ ।
विश्व सुख्खा, खडेरी तथा जलवायु परिवर्तनको खतरासँग जुधिरहेको छ
एकातर्फ विश्व सुख्खा, खडेरी तथा जलवायु परिवर्तनको खतरासँग जुधिरहेको छ ।
उता अमेरिकाको सिलिकन भ्यालीस्थित फेसबुक, गुगल तथा सिस्को जस्ता दिग्गज कम्पनीहरु भने आफ्नो कार्यालय परिसरको विषयलाई लिएर निकै चिन्तित छन् । किनकी यी कम्पनीहरुमा बाढीको खतरा बढिरहेको छ ।
बेलायती पत्रिका दी गार्जियनका अनुसार एक ताजा पूर्वानुमानको आधारमा वैज्ञानिकहरुको एक समूहले यस्तो चेतावनी जारी गरेको हो । सन्फ्रान्सिस्को खाडी क्षेत्रमा समुद्रको स्तर बढेका कारण उपर्युक्त कम्पनीहरुको सिलिकन भ्यालीसिथ्त मुख्यालयहरुका सम्पत्तिमा नोक्सानी पूराउन सक्ने खतरा छ ।
रिपोर्ट अनुसार फेसबुकको नयाँ मुख्यालय बाढीको सबैभन्दा उच्च जोखिममा रहको छ ।सन्फ्रान्सिस्कोस्थित फेसबुक मुख्यालय ४ लाख ३० हजार वर्गफुटमा बनेको हो । यसमा नौ एक्कडमा फैलिएको रुफटप गार्डेन पनि छ ।
क्यालिफोर्निया खाडी संरक्षण विकाश आयोगका एक वरिष्ठ योजनाकार लिन्डी लोभका अनुसार फेसबुक निकै असुरक्षित छ । फेसबुकको जग जमिनको सतहमा निकै तल रहेकाले यस्तो खतरा भएको हो ।
त्यस्तो जोखिमपूर्ण क्षेत्रमा फेसबुकले किन मुख्यालय निर्माण गर्यो भन्ने विषयमा आफु आश्चर्यमा रहेको उनी बताउँछन् ।
त्यस्तै गुगलको मुख्यालय माउन्टेन भ्यू क्षेत्रमा तथा प्रविधि कम्पनी सिस्कोको मुख्यालय सेन जोसमा रहेको छ । यी दुइ कम्पनीका मुख्यालयमा बाढीको खतरा फेसबुकको भन्दा कम भएपनि ध्रुबिय हिउँ पग्लिएसँगै समुद्रको सतह बढ्दा यी दुबै मुख्यालय समेत डुबानमा पर्नसक्ने खतरा रहेको बताइन्छ ।
समुद्रको जलसतह बढ्दा १ खर्ब डलर बराबरको सम्पत्ति नोक्सान हुने अनुमान गरिएको छ ।
